Advertisement

कोरोना भेरियेन्ट विरुद्ध मोडेर्नाको बुस्टर खोप प्रभावकारी पुष्टि

0 880

Advertisement

२६ बैशाख, एजेन्सी । हालैको प्रेस सम्मेलनमा अमेरिकाको मोडेर्नाले कोरोना विरुद्धको खोपको नयाँ बुस्टर डोज सम्बन्धी नतिजा सार्वजनिक गरेको छ । कोभिड महामारीलाई नियन्त्रणमा ल्याउन बुस्टर अधिक आवश्यक हुन सक्ने विज्ञहरुले बताइरहेका छन् । यस रिसर्चका आधारमा बुस्टर खोपले कोरोना भाइरसका भेरियेन्ट अर्थात् नयाँ स्वरुप विरुद्ध पनि राम्ररी काम गर्छ र बिरामी हुनबाट जोगाउन सक्छ भन्ने प्रमाणित भएको हो ।

विश्वभरका वैज्ञानिकहरु यतिबेला कोरोनाको नयाँ प्रकारले खोपको सुरक्षालाई निर्मुल पारि थप संक्रमण उत्पन्न गराउनेबारे चिन्ता जनाइरहेका छन् ।

यस्तोमा मोडेर्ना कम्पनीले हालका दुई डोजमा तीन तरिकाले खोपको तेस्रो डोज पनि थप गर्ने सम्बन्धी परीक्षण गरिरहेको छ ।

यसमा अहिले प्रयोग भइरहेका खोपको आधा डोजलाई तेस्रोका रुपमा प्रयोग गर्ने या बुस्टरलाई छुट्टै प्रयोग गर्न सकिने बताइएको छ ।

यो नयाँ तेस्रो डोजको खोप भेरियेन्ट बी.१.३५१ विरुद्ध काम गर्नेगरी विशेष प्रकारले डिजाइन गरिएको हुन्छ । सो भेरियेन्ट पहिले दक्षिण अफ्रिकामा फेला परेको थियो । त्यस्तै मोडेर्नाले बुस्टर डोजलाई अहिलेका खोपमा मिसाउन सकिनेबारे पनि जाँच गरिरहेको छ । यसको नतिजा भने प्राप्त भइसकेको छैन ।

यी दुई वटै तरिका हाम्रो शरीरमा नयाँ भेरियेन्टहरु विरुद्ध इम्युन प्रतिक्रिया बढाउनमा केन्द्रित रहेको बताइएको छ । मोडेर्नाले रिपोर्ट गरे अनुसार दुवै तरिकाले प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ ।

अध्ययनमा बुस्टर खोप लगाएको दुई हप्ता पश्चात् सुई लगाइसकेका मानिसबाट लिइएको ‘सिरम’ ले ल्याबमा कोरोनाको नयाँ भेरियेन्टलाई निर्मुल पार्न सफल भएको पाइएको थियो । यसबारे दोस्रो चरणको अध्ययन हाल जारी छ र तेस्रो चरण सम्बन्धी नतिजा पनि आगामी महिनाहरुमा उपलब्ध हुने बताइएको छ । कम्पनीका अनुसार अहिले प्रयोग भइरहेकै खोपको तीन डोज प्रयोग गर्दाको तुलनामा यो नयाँ बुस्टर खोप कोरोनाका भेरियेन्ट विरुद्ध बढी प्रभावकारी साबित भएको हो । टाइमबाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.