Advertisement

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई निष्काशन गरेको आईपिओ तत्कालको लागि स्थगन तयारी

0 610

Advertisement

२३ बैशाख, काठमाडौं ।मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई निष्काशन गरेको आईपिओ तत्कालको लागि स्थगित हुने भएको छ ।

सिन्धुपाल्चोक जिल्लामा निषेधाज्ञा लागु भएपछि हालको लागि आईपिओ निष्काशन प्रक्रिया स्थगित गर्ने तयारी भएको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार कम्पनीले जिल्लामा निषेधाज्ञा भएकोले आईपिओ स्थगित गर्नको लागि पत्राचार गरेको छ । अब नेपाल धितोपत्र बोर्डको अनुमति लिएर आईपिओ स्थगनको सूचना प्रकाशन हुने क्यापिटलले जनाएको छ । धितोपत्र बोर्डसंगको छलफलपछि यसबारेको औपचारिक सूचना प्रकाशन हुने छ ।

सिन्धुपाल्चोकमा दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा वृद्धि हुँदै गएपछि आज वैशाख २३ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाएको छ । जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबारको बैठकको निर्णयानुसार आज बिहीबारदेखि निषेधाज्ञा लगाईएको हो । ।

कम्पनीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता छुट्याएको छ ।

माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

आईपिओमा २ दिनको अवधिमा ५ करोड ८८ लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार आईपिओमा ३ हजार ३ सय ६९ जना आवेदकबाट ५ लाख ८८ हजार ३ सय ६० कित्ताको लागि आवेदन परेको हो । क्यापिटलले ईसेवा, आईएमइ पे र आफ्नै वेबसाइटबाट समेत अनलाइनको माध्यमबाट आवेदन दिन सक्ने ब्यबस्था मिलाएको थियो ।

यो पनि पढ्नुहोस;



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.