Advertisement

स्वास्थ्यकर्मीलाई सुरक्षा र प्रोत्साहन सुविधा बढाऔं – गगन थापाकाे

0 631

Advertisement

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य (सांसद) गगन थापाले कोरोना भाइरसका संक्रमितको उपचार र व्यवस्थापनका लागि सरकारलाई विभिन्न सुझाव दिएका छन्।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले अहिले अग्रभागमा रहेर संक्रमितको उपचारमा रहेका स्वास्थ्यकर्मीलाई सुरक्षा र प्रोत्साहन सुविधा उपलब्ध गराउने कुरामा कन्जुस्याइँ नगर्न सरकारलाई आग्रह गरेका छन्।

निजी स्वास्थ्य संथामा कार्यरत जनशक्तिलाई पनि व्यवस्थापन र सरकारबाट थप सुविधा र सुरक्षा पाउने कुराको सुनिश्चितता गर्न पनि थापाको आग्रह छ।

हाल झण्डै १ हजार योग्य चिकित्सक पीजीको तयारी गरिरहेका, तर परीक्षा कहिले हुन्छ भन्ने यकिन नभएको अवस्थामा उनीहरुलाई कोरोना महामारी रोकथाममा परिचालन गर्न सकिने थापाको सुझाव छ। यसरी जोखिममा काम गर्नेलाई पीजीमा कार्य अनुभवको थप अंक पाउने गरी नियममा विशेष व्यवस्था गर्नुपर्ने थापाले सुझाव दिएका छन्।

कोरोना महामारीमा स्वास्थ्य जनशक्ति परिचालन गर्न गगन थापाले दिएका सुझाव यस्ता छन्–
स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शय्या मात्रै होइन, जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष हो। धेरै अस्पतालमा उपकरण र पूर्वाधार भएर पनि जनशक्तिको अभावमा सेवा प्रवाह हुन सकेको छैन। यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न स्वास्थ्यकर्मी तयार छन र गरिरहेका पनि छन्। त्यसका लागि तत्काल देहाय बमोजिमको व्यवस्था गर्न म सरकारसँग विनम्र आग्रह गर्दछु।

१) अत्यन्त अफ्ठ्यारोमा पनि दिन रात नभनी स्वास्थ्यकर्मीहरू २४ सै घण्टा खटिरहेका छन्। अहिले अग्रभागमा लडिरहेका जनशक्तिलाई सुरक्षा र प्रोत्साहन सुविधा उपलव्ध गराउने कुरामा कुनै कन्जुस्याइँ नगरौं। निजी स्वास्थ्य संथामा कार्यरत जनशक्तिलाई पनि व्यवस्थापन र सरकारबाट थप सुविधा र सुरक्षा पाउने कुराको सुनिश्चितता गरौं।

२) थप जनशक्तिका सन्दर्भमा अहिले करार वा दैनिक ज्यालादारी काम गर्न आउनुहोस् भनेर मन्त्रालय र अन्तर्गतका निकायले सूचना निकालेर मात्र हुँदैन। सुरक्षा र प्रोत्साहनको प्याकेज बनाऔं र आह्वान गरौं।

यसका लागि :

(क) हाल झण्डै हजार योग्य चिकित्सक पीजीको तयारी गरिरहेका छन्। परीक्षा कहिले हुन्छ भन्ने ठेगान नहुँदा उनीहरू अलमलमा छन्। परीक्षाको तालिका केही महिना पछि सारेर परीक्षाको तयारीका लागि पछि निश्चित समय दिने हो भने त्यो जनशक्तिलाई कोरोना महामारी रोकथाममा परिचालन गर्न सकिन्छ। यसरी जोखिममा काम गर्नेलाई पिजीमा कार्य अनुभवको थप अंक पाउने गरी नियममा विशेष व्यवस्था गरौं।

(ख) एकातर्फ लामो समयदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीको दरवन्दी पुनरावलोकन हुन सकेको छैन। अर्को र्फ सरकारी सेवामा आकर्षण घट्दै गएको छ। यस अवस्थामा सरकारी दरवन्दीको पुनरावलोकन गर्ने, सेवा सुविधा र प्रोत्साहनको प्याकेज बनाउने साथै सरकारी सेवामा प्रवेश गर्न चाहने चिकित्सक तथा स्वास्थ्यकर्मीको हकमा अहिले महामारी र जोखिममा काम गरेमा विशेष ग्राह्यता दिने संयन्त्र र कानुनी व्यवस्था गरौं।

(ग) हाम्रो स्वास्थ्य प्रणालीमा लामो समय काम गरेर निवृत्त भइ बसेका, अध्ययन सकेर रोजगारीको पर्खाइमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको योग्यता र अनुभवलाई संकटमा परिचालन गर्न प्याकेज बनाऔं। त्यस्ता जनशक्तिलाई राष्ट्रिय पुलमा समावेश गरी अभाव भएको स्थानमा सही तरिकाले परिचालन गरौं।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.