Advertisement

सुपरस्टार अल्लु अर्जुनलाई कोरोना संक्रमण

0 510

Advertisement

२० बैशाख, एजेन्सी । साउथका सुपरस्टार अल्लु अर्जुनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सुपरस्टार अल्लु अर्जुन आफैले सोसल मिडिया ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

अहिले उनी होम आइसोलेसनमा रहेका छन् । उनलाई केही दिन अगाडिसम्म आफ्नो सम्पर्कमा रहेका सम्पूर्णलाई कोरोना टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ भएको छ । मैले आफूलाई आइसोलेट गरेको छु । म सँग सम्पर्कमा रहनुभएका सबैले कोरोना टेष्ट गर्नुहुन अनुरोध गर्दछु ।’

त्यस्तै, उनले आफू ठीक रहेको बताउँदै आफ्नो विसर्स तथा फ्यानहरुलाई चिन्ता नगर्न आग्रह पनि गरेका छन् । उनले सबैलाई घरमै बस्न र सुरक्षित रहन आग्रह गर्दै अवसर पाएमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन अपील पनि गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.