Advertisement

कोरोना उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा

0 532

Advertisement

१९ बैशाख, काठमाडौं । काठमाडौंको मूलपानीमा कोरोना सङ्क्रमितको उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा आएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा अहिले दश सङ्क्रमितको उपचार भइरहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए।

कोरोना सङ्क्रमितका बिरामीलाई भर्ना गरी उपचार सुरु गरिएको जानकारी दिँदै उनले सङ्क्रमितको उपचारका लागि आवश्यक परेमा ०१–४१५३५९३ मा सम्पर्क गर्न सकिने बताए।

महिनाको एक लाख भाडामा लिएर सञ्चालन गरिएको उक्त नगर अस्पतालमा चारवटा एम्बुलेन्स तयारी अवस्थामा छन् । कोरोना सङ्क्रमित बोक्ने एउटा छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको छ । नगर अस्पतालमा अहिले ४० देखि ५० श्यया प्रयोगमा ल्याउन सकिने थापाले बताए।

साथै नगरपालिकाभित्र कसैलाई कोभिडको शङ्का लागेमा उपचारका लागि एम्बुलेन्स आवश्यक परे ९८४१६५५६२१ चिरन कटुवाल, ९८६१–६६९३०६ कृष्ण बिसुन्खेलाई सम्पर्क गर्न सकिने जानकारी गराइएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जनाउँदै नगरप्रमुख थापाले थप सतर्कता अपनाउन अनुरोध गरे। उनले भौतिक दूरी कायम गर्न र अनिवार्यरुपमा मास्कको प्रयोग गर्न र कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्नसम्म अनुरोध गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.