Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आइतबार बाँकेमा १४ महिनाका बालकसहित ३०५ जना निको भए

0 100

१९ वैशाख, नेपालगञ्ज । दोस्रो चरणको कोरोना सङ्क्रमण शुरु भएसँगै हटस्पट बनेको बाँकेमा हाल आएर सङ्क्रमितहरु निको हुने क्रम तीव्र गतिमा देखिन थालेको छ । सोही क्रममा आइतबार मात्रै बाँकेमा १४ महिने बालकसहित ३०५ जनाले कोरोनालाई जितेर घर फर्किएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जिल्लाका संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका १४ महिने बालकसहित १४२ जना महिला र १६३ जना पुरुष गरि ३०५ जना आइतवार निको भएर घर फर्किएको बताउनुभयो ।

उहाँले कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएको बाँकेमा सङ्क्रमणबाट निको भएर डिस्चार्ज हुनुेहरुको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएकोले छिटै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो ।

फोकल पर्सन ओलीका अनुसार शनिबार २५० जना र शुक्रवार २४४ जना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका थिए ।
गत केही दिनदेखि दैनिक ५ सयभन्दा बढी सङ्क्रमित थपिंदै आएको बाँकेमा शनिवार भने सो सङ्ख्या घटेर ३६० मा झरेको जनाउँदै उहाँले निषेधाज्ञा र अन्य विभिन्न सतर्कताका कारण सङ्क्रमित पनि घट्न थालेको बताउनुभयो ।

जिल्लाका धेरै स्थानमा आइसोलेसनहरु निर्माण भैरहेको र अस्पतालका क्षमता समेत विस्तार गर्ने कार्य पनि निरन्तर भैरहेकोले विरामी संक्रमितको उपचारको समस्या पनि क्रमशः कम हुँदै गएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.