Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कोरोना उपचारमा सरकारको आत्मसमर्पण : ‘सरकारले जिम्मेवारी लिनुको साटो त्रास फैलायो’

0 139

१९ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड–१९ को उपचार गरिरहेका निजी तथा सरकारीसहितका अस्पतालहरूले बेड भरिएको विवरण सार्वजनिक गरिरहेका छन् । यस्तो बेलामा सरकारले भने सिकिस्त बिरामीका लागि पनि शय्या उपलब्ध गराउन नसकिने भन्दै हात उठाएको छ । यसमा सर्वसाधारण तथा जनस्वास्थ्यविद्हरूले समेत आक्रोश र आपत्ति व्यक्त गरेका छन् ।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकाल्दै थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर उपचार हेरचाहका लागि शय्या उपलब्ध गराउन नसक्ने बताएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा २२ ओटा जिल्लामा कोरोना संक्रमणको दर डरलाग्दो गरी बढेकाले श्य्या उपलब्ध गराउन नसकिने भन्दै नागरिक आफै संवेदनशील हुन भनिएको छ ।

नेपालमा कोरोना संक्रमण र यसका कारण हुने मृत्युदर बढ्दै गएको छ । गएको १ सातामा मात्रै कोरोनाका कारण १६२ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमित हुनेको संख्या ५ हजार नाघिरहेको छ । अघिल्लो वर्ष मङ्सिरपछि विस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई दोहोरो अंकमा झरेकामा चैतबाट दोस्रो लहर शुरू भएको संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.