Advertisement

नेपाल प्रवेश गर्ने नाकामा एन्टिजेन किटको अभाव, भारतबाट भित्रिएका सोझै गाउँमा

0 376

Advertisement

१९ बैशाख,धनगढी । भारतमा देखिएको कोरोना कहरका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । भारतबाट नेपाल प्रवेश सुदूरपश्चिम प्रदेशका नाकाबाट फर्किने नेपालीहरूको संख्या बढिरहेका बेला कोरोना परीक्षणको लागि प्रयोग गरिँदै आएको एन्टिजेन किटको अभाव भएको छ ।

किट अभावमा भारतबाट फर्किएकाहरूको परीक्षण गर्न समस्या भएको छ । किट अभावका कारण सबैको परीक्षण नहुँदा कोरोना भाइरस संक्रमित यहाँका गाउँगाउँमा पुगेर स्थिति भयावह हुनसक्ने स्वास्थ्यकर्मीको भनाई छ ।

सुरूवातदेखिनै नाकामा कोरोना परीक्षणका लागि एन्टिजेन किटको अभाव हुँदै आएको छ । आफूहरुले बारम्बार सरोकारवाल निकायमा किटको माग गर्दा पनि पाउन नसकेको स्वास्थ्यकर्मीहरुले गुनासो गरे ।

भारतसँग सीमा जोडिएका यहाँका कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका, तथा बैतडीको झुलाघाट नाका र दार्चुलाको कुलघाट नाका गरी दैनिक भण्डै तीन हजारको संख्यामा नेपालीहरू भित्रिरहेका छन् । तीमध्ये थोरैको मात्र कोरोना परीक्षण हुने गरेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.