Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बेजोसको चुनौतीका कारण मस्कले पाएको नासाको परियोजना रोक्का

0 136

१८ बैशाख, काठमाडाै । एलान मस्ककाे कम्पनी स्पेसएक्सले पाएकाे लुनार ल्याण्डिङ सिस्टम निर्माण परियाेजनाकाे ठेक्का नासाले राेक्का गरेकाे छ ।

परियाेजनाकाे बिडमा प्रतिस्पर्धा गरेका दुई कम्पनी डाइनेटिक्स र जेफ बेजाेसकाे कम्पनी ब्लु ओरिजिनले नासाकाे निर्णयमाथि पुनारावलाेनकाे माग गर्दै अमेरिकी सरकारकाे अकाउन्टेबिलिटी कार्यलयमा निवेदन दिएपछि याे परियाेजना ठेक्का हाललाई राेक्का गरिएकाे हाे ।

ठेक्का राेक्का भएका कारण स्पेसएक्सले काम अगाडि बढाउन पाउने छैन । नासाले दुई अर्ब ९० कराेड डलरकाे उक्त परियाेजना ठेक्का दुई हप्ताअघि मात्र स्पेसएक्सलाई सुम्पिएकाे हाे ।

नासाले बिड प्रतिस्पर्धामा पक्षपाती ढङ्गले स्पेसएक्सलाई ठेक्का सुम्पिएकाे दुई कम्पनीकाे आराेप छ । साेही विषयलाइ लिएर केही दिनअघि ट्वीटरमार्फत मस्कले जेफमाथि ब्यङग्य समेत गरेका थिए ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.