Advertisement

विराटनगरस्थित कोसी कोभिड उपचार केन्द्रमा थप ९६ शैयाको अस्पताल सञ्चालनमा

0 643

Advertisement

१७ बैशाख, विराटनगर । प्रदेश १ सरकारले विराटनगरस्थित कोसी कोभिड उपचार केन्द्रमा थप ९६ शैयाको अस्पताल शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ।

प्रदेशमा दिनहुँ कोराना संक्रमितको संख्या बढेसँगै गम्भीर भएर अस्पताल भर्ना हुने संक्रमितको सहज उपचारका लागि विशिष्टिकृत सेवासहितको कोभिड अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएको हो।

सञ्चालनमा आएको अस्पतालमा २१ वटा भेन्टिलेटरसहितको आइसियू र ८३ वटा अक्सिजनसहितको छ।

प्रदेश सरकार र नागरिक केयर सेन्टरको सहकार्यमा निर्माण गरी सञ्चालनमा आएको कोभिड उपचार केन्द्रमा तीन वटा ब्लक छ। दुई वटा जेनरल र एउटा एचडीयू वार्ड छ। एचडीयू वार्डमा अत्याधुनिक उपकरण जडान गरी भेन्टिलेटरसहितको आइसियू २१ शैय्याको रहेको कोभिड उपचार केन्द्रका संयोजक बैजनाथ साहले जानकारी दिए।

साहका अनुसार कोभिड १९ उपचार केन्द्रमा हाल गम्भीर खालका ३२ संक्रमित भर्ना गरी उपचार भइरहेको छ। यसअघि ८० बेडको रहे पनि ३२ शैया मात्र भेन्टिलेटरसहितको सेवा रहेकाले थप नयाँ संक्रमित अस्पतालमा भर्ना लिन समस्या थियो।

प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरी गत पुस ५ गते नागरिक केयर सेन्टरले प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको थियो। प्रदेश सरकार र नागरिक केयर सेन्टरको कुल ९ करोडको संयुक्त लगानी रहेको अस्पतालमा कोरोना उपचारका लागि तयार भएको थियो।

अन्य जिल्लामा पनि २० शैयाको आइसोलेसन, उपचार केन्द्र बनाउन निर्देशन

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अन्य जिल्लामा पनि २० शैयाको आइसोलेसन, उपचार केन्द्र बनाउन निर्देशन दिएको बताएका छन्।

शुक्रबार कोसी कोभिड उपचार केन्द्रसँगै निर्माण भएको नागरिक केयर सेन्टर सञ्चालनका लागि गरिएको अवलोकनको क्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।

‘अन्य जिल्लाहरूमा पनि २० शैय्याको आइसोलेसन, उपचार केन्द्र बनाउन निर्देशन दिएको छु,’ उनले भने, ‘त्यसका लागि आवश्यक पर्ने बजेट पनि विनियोजन भएको छ।’

उनले विशिष्टिकृत अस्पतालको सेवा सञ्चालनमा आएपछि गम्भीर खालका बिरामीको उपचार पनि यही अस्पतालमा उपचार हुने बताए। संक्रमणको दर बढेर भयावह अवस्था आएमा निजी अस्पतालसँग पनि सहकार्य गरि संक्रमितको उपचारको प्रबन्ध प्रदेश सरकारले मिलाउने मुख्यमन्त्री राईको भनाइ छ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले अस्पतालको निरीक्षण गरेसँगै आज (शुक्रबार) देखि अस्पताल सञ्चालनमा आएको हो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.