Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना भाइरस फैलिएको भन्दै भीडभाड नगर्न आग्रह

0 814

Advertisement

१७ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना भाइरस फैलिएको भन्दै भीडभाड नगर्न आग्रह गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाइ सजग रहन सबैलाई अपिल गरेको हो ।

काठमाडौ उपत्यका,मोरङ, सनसरी, झापा, पर्सा, बारा, धनुसा, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की,दाङ, बाँके, रुपन्देही, पाल्पा बर्दिया, कपिलवस्तु, सुर्खेत ,कैलाली , कन्चनपुरमा कोरोना संक्रमण उच्च दरमा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिमा भनेको छ ‘कुनैपनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक वाह्य पर्यटकका लागि कही कतै जने कामहरु पुर्णरुपमा नगर्नु नगराउनुहुन र सार्वजनिक स्थलहरुमा जाने, भीडभाड गर्ने काम बन्द गर्नुहुन अनुरोध छ’ ।

मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालकाे शैया उपलब्ध गराउन नसकिने भइसकेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.