Advertisement

वीरगन्जमा थप १७५ जनामा संक्रमण पुष्टि

0 499

Advertisement

१७ बैशाख, वीरगन्ज । वीरगन्जमा फेरि थप १ सय ७५ जनामा कोरोना भारस संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति २ सय ८८ जनाको स्वाब नमुना परीक्षण गर्दा आधाभन्दा बढी अर्थात १ सय ७५ जनामा संक्रमण भेटिएको हो।

कोरोनाको दोस्रो लहर शुरु भएपछि वीरगन्जमा एकै दिन नयाँ संक्रमित फेला परेको यो नै सबैभन्दा बढी हो। बिहीबार राति थपिएका १७५ संक्रमितमध्ये पर्सा जिल्लाका मात्र १ सय ३१ ज्ना छन्। ती मध्ये वीरगन्ज महानगरपालिकाका मात्र १ सय १२ जना छन्।

यस्तै बाराका ३४ जना, सर्लाहीका ५ जना, रौतहटका ३ जना तथा महोत्तरी र दाङ जिल्लाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।

यसअघि बुधबार राति पनि नारायणी अस्पतालको प्रयोगशालामा २ सय ४० जनाको परिक्षण गर्दा तीमध्ये १ सय ६९ जनामा संक्रंमण भेटिएको थियो। मंगलबार राति पनि नारायणी अस्पतालको प्रयोगशालामा २ सय १० जनाको स्वाब नमुना परिक्षण गर्दा ६० प्रतिशतमा अर्थात १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

वीरगन्जमा चैत २७ गतेदेखि यता १ हजार ४ सय ६६ जना नयाँ संक्रमित थपिएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवकाअनुसार पर्सा जिल्लामा हाल सकृय संक्रमितको संख्या १ हजार ६८ पुगेको छ। तीमध्ये वीरगन्जका विभिन्न अस्पतालमा जटिल अवस्थाका ७६ जना संक्रमित उपचाररत छन्।

नारायणी अस्पतालमा ४२, नेशनल मेडिकल कलेजले बाबा होटलमा सन्चालन गरेको अस्थायी कोभिड अस्पतालमा १५, बयोधा अस्पतालमा १४ र गण्डक हस्पिटलमा ५ जना संक्रमित उपचाररत रहेको श्रीवास्तवले जानकारी दिए। श्रीवास्तवकाअनुसार पर्सा जिल्लामा हाल ९ सय ७० जना संक्रमित होमआइशोलेसनमा छन्।

याे पनि हेर्नुहाेस् :

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.