पूर्वरानी कोमल आईसीयूमा, कोभिड सङ्क्रमित पूर्वराजा र छोरी प्रेरणाको अवस्था कस्तो छ

0 420

१६ बैशाख, बीबीसी । कोरोनाभाइरसबाट सङ्क्रमित भई उपचार गराइरहेकी पूर्वरानी कोमल शाहलाई अहिले ‘हाई फ्लो अक्सिजन सपोर्ट’मा राखिएको नर्भिक अस्पतालले बताएको छ।

“शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि ‘हाई फ्लो अक्सिजन सपोर्ट’ मा उहाँलाई आईसीयूमा राखिएको छ,” अस्पतालका सञ्चार तथा जनसम्पर्क विभाग प्रमुख सोमनाथ बास्तोलाले बिहीवार बिहान भने।

उनका अनुसार अक्सिजनको मात्रा कम भएर श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार बेलुका नै पूर्वरानीलाई आईसीयूमा सारिएको हो।

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा शाह वैशाख ११ गते दिउँसो १ बजे अस्पताल भर्ना भएका थिए।

अस्पतालका अनुसार पूर्वरानीको अवस्था भर्ना भएको पहिलो दिनदेखि नै अलि बिग्रेको थियो।

अस्पातल भर्ना भएको पहिलो दिनदेखि नै पूर्वरानीलाई दैनिक अक्सिजनको सपोर्ट बढाउँदै लगिएको अस्पतालले जनाएको छ।

“उहाँ आउने बेला नै कमजोर अवस्थामा आउनुभएको थियो। त्यो दिन गाडीबाट ओर्लेर अस्पतालको भर्‍याङ चढ्ने बेला लड्नुभएको थियो। उहाँ लडेपछि पूर्वराजाले उठाउनुभएको थियो,” अस्पताल स्रोतले भन्यो।

पूर्वराजा र छोरीको अवस्था कस्तो?

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि भर्ना भएको दिनदेखि नै अक्सिजनको सपोर्टमा राखिए पनि उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

“पूर्वराजाको हकमा जे थियो त्यसैलाई जारी गरिएको छ। उहाँको अवस्था सामान्य छ,” बास्तोलाले भने।

उनका अनुसार छोरी प्रेरणाको प्रेरणाको अवस्था भने एकदमै सामान्य छ।

“भर्ना भएको दिनदेखि नै उहाँलाई अक्सिजनको सपोर्ट दिनुपरेको छैन।”

पूर्वराजा ज्ञानेन्द्र

भारत भ्रमणबाट फर्किएका पूर्वराजदम्पतीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको वैशाख ७ गते पुष्टि भएको थियो।

पूर्वराजाका सहयोगी फणिराज पाठकका अनुसार सङ्क्रमण पुष्टि भएपछि पूर्वराजदम्पती निर्मल निवासमै आइसोलेसनमा बस्दै आएका थिए।

भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर वैशाख ५ गते उनीहरू नयाँ दिल्लीबाट नेपाल फर्किएका थिए।

कुम्भमेलामा गङ्गास्नान गरेका पूर्वराजा शाहले केही साधुसन्तसँग पनि भेटघाट गरेका थिए।

भारतमा कुम्भमेलामा सहभागी एक हजारभन्दा बढी मानिसलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।

नेपाल फर्किनुअघि पूर्वराजा शाहले नयाँदिल्लीमा परीक्षण गराएको तर त्यतिबेला सङ्क्रमण नदेखिएको उनीसँगै यात्रा गरेका उनका सचिव पाठकले यसअघि बीबीसीलाई बताएका थिए।

हवाईयात्राका लागि ७२ घण्टाभित्रको परीक्षण प्रतिवेदन आवश्यक पर्ने भएकाले उनको त्यहाँ परीक्षण भएको थियो।

विमानस्थलमा पूर्वराजदम्पतीको परीक्षण

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.