Advertisement

भारतमा फेरि अर्को अस्पतालमा आगलागी, ३ जनाको मृत्यु

0 912

Advertisement

१५ बैशाख, एजेन्सी । भारतको मुम्बइस्थित एक अस्पतालमा बुधबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।

पछिल्ला केही दिनको अन्तरमा महाराष्ट्रका अस्पतालमा भएको यो तेस्रो आगलागीको घटना हो । गत साता नशिक अस्पतालमा पनि आगलागीबाट २४ जना बिरामीको मृत्यु भएको थियो ।

त्यसको केही दिनपछि मुम्बइ नजिकै अर्को कोभिड अस्पतालमा आगलागीबाट तीनजना कोरोना संक्रमितको मृत्यु भयो ।

बुधबार पनि प्राइम क्रिटिकेयर हस्पिटलमा त्यस्तै प्रकृतिको आगलागी भएको हो । जहाँ तीन जना बिरामीको मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान गरिने महाराष्ट्र सरकारले जनाएको छ ।

आगलागीले गर्दा अस्पतालको भवनको पहिलो तलामा ठूलो क्षति पुर्‍याएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.