Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

रा.वा.बैंकको RBB Mobile Banking महामेलाका विजयीहरु घोषणा

0 156

१५ बैशाख, काठमाडौै । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको RBB Mobile Banking प्रवर्द्धन लागि २०७७ चैत ५ गतेदेखि २०७८ बैशाख ५ गते सम्म(एक महिना) एफवान सफ्टको सहकार्यमा संचालन भईरहेकोे RBB Mobile Banking महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम बुधबार एक समारोहका बिच घोषणा गरिएको छ।

सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइलैण्ड भ्रमणको कपल टुर चार नाईट ५ दिनको मेगा पुरस्कार प्याकेज पाउनु भएको छ । यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी ःण्ज्ञ ऋयचभ ब्राण्डको एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गर्नु हुने भएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा RBB Mobile Banking महामेला कार्यक्रम संचालन गरिरहेको छ । यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ ।

रा.वा.बैंकसंग खाता खोली मोवाइल बैंकिङ्ग)RBB Smart बाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको छ ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यासमिन गौतम, अलिसा तन्डुकार लगायतको उपस्थिति रहेको थियो ।

रा.व बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी सायमा अन्य व्यक्त्तित्वहरु

हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।

यो पनि पढ्नुहोस्:


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.