Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठसहित ५२ जनालाई कोरोना संक्रमण

0 129

१५ वैशाख काठमाडाै । कोभिड–१९ बाट बढी प्रभावित हुनेमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु पनि पर्छन्। राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठसहित ५२ जनालाई कोरोना संक्रमण देखिएको छ।

पिसिआर परीक्षण गर्दा आफूसहित ५२ कर्मचारीमा संक्रमण देखिएको श्रेष्ठले जानकारी दिए। ‘म एक हप्तादेखि नै होम आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ’ उनले भने।

संक्रमितमध्ये केन्द्रीय कार्यालयका मात्रै आधा संख्या रहेको उनले स्पष्ट पारे। ‘पहिले शाखाका कर्मचारीमा संक्रमण देखियो, अहिले केन्द्रीय कार्यालयका कर्मचारीमा देखियो’ उनले भने।

कोरोना संक्रमण बढ्दै गएको भन्दै भोलिदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरिएको छ।

यसबीचमा पनि बैंक तथा वित्तीय संस्थाहरुले भने आफ्नो सेवा सुचारु राख्ने भएका छन्। स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरेर सेवाहरु सुचारु हुने श्रेष्ठले बताए।

आफ्नो परिचयपत्र देखाएर बैंकका कर्मचारी आवतजावत गर्न पाउने जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.