Advertisement

आन्तरिक उडानमा चाप, उडान र यात्रुसङ्ख्या अहिलेसम्मकै उच्च

0 753

Advertisement

१५ बैशाख, काठमाडौँ । बिहीबारदेखि काठमाडौँ उपत्यकामा लागू हुने भएपछि त्यसको असर आन्तरिक उडानमा परेको छ । आन्तरिक वायुसेवा प्रदायकहरू यतिबेला उडान थपेर धेरैभन्दा धेरै यात्रुलाई गन्तव्य पु-याउन व्यस्त छन् ।

निषेधाज्ञाअघि नै काठमाडौँ छाड्ने र भित्रिनेको हतारोले यात्रुहरूको चाप ऐतिहासिक रूपमा बढेको छ । यात्रु बढ्दा सामान्य दिनमाभन्दा उडान सङ्ख्या भने त्यहीअनुसार बढेको वायुसेवा प्रदायकहरूले जनाएका छन् ।

बुद्ध एयरका अनुसार मङ्गलबार मात्रै कम्पनीले देशका विभिन्न १२ वटा गन्तव्यमा दुवैतर्फ गरेर १४८ वटा उडान गरेको छ । उक्त उडानबाट सात हजार पाँच सयभन्दा बढी यात्रुले सेवा लिएको कम्पनीका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार उडान र यात्रु सङ्ख्याको हिसाबले बुद्ध एयरको यो अहिलेसम्मकै उच्च सङ्ख्या हो । यसअघि बुद्धले औसतमा दैनिक १२०÷१२५ उडान र एकै दिनमा सबैभन्दा धेरै सात हजार तीन सय यात्रुलाई उडान सेवा प्रदान गरेको उहाँले बताउनुभयो ।

यती एयरका लागि पनि मङ्गलबार भ्याई नभ्याई नै रह्यो । दिनभर ७० वटा उडान गरेको यतीले तीन हजार एक सयभन्दा बढी यात्रुलाई उडान सेवा दिएको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार यती एयरले मात्रै एकै दिनमा गरेको उडान र यात्रु सङ्ख्याका हिसाबले पनि यो अहिलेसम्मकै उच्च हो ।

उडान थप्दै

यात्रुहरूको अत्यधिक चाप परेपछि वायुसेवा कम्पनीहरू उडान थप्न बाध्य भएका छन् । मङ्गलबार मात्रै यतीले पाँचवटा उडान थपेको जनाएको छ । त्यस्तै बुद्धले पनि दुईतर्फी गरेर २० वटाभन्दा बढी उडान थपेको जनाएको छ ।

बुधबार पनि उडान थप्नुको विकल्प नरहेको कम्पनीहरूले जनाएका छन् । ‘रातभर पनि बुकिङ हुने सम्भावना उत्तिकै छ,’ यतीका बर्तौलाले भन्नुभयो, ‘यही हिसाबले बुधबार पनि उडान थप्नैपर्ने देखिन्छ । ’ उहाँका अनुसार मङ्गलबारको तुलनामा बुधबार उडान सङ्ख्या अझ थप हुन सक्नेछ । यतीले मङ्गलबार काठमाडौँदेखि जनकपुर र विराटनगर रुटमा बढी चाप रहेको जनाएको छ । बुद्धले भने उडान भइरहेका अधिकांश रुटमै माग बढेको जनाएको छ ।

निषेधाज्ञामा पनि उडान

निषेधाज्ञा लागू भए पनि आन्तरिक उडान नरोक्ने सरकारको निर्णयका कारण निषेधाज्ञा सुरु हुने बिहीबारका लागि राम्रै बुकिङ भइरहेको एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।

त्यसैअनुसार कम्पनीहरूले स्वास्थ्य प्रोटोकल पालना र उडान व्यवस्थापनको काम गरिरहेको पनि जानकारी दिएका छन् । तर सार्वजनिक यातायातमा प्रतिबन्ध लगाएका कारण विमानस्थलसम्म यात्रुलाई पुग्न अप्ठ्यारो हुने भएकाले त्यसलाई सहजीकरण गरिदिन वायुसेवा सञ्चालक सङ्घ, नेपालले सरकारलाई आग्रह गरेको थियो ।

सङ्घको आग्रहअनुसार मङ्गलबार भएको छलफलमा टिकट देखाएकै आधारमा विमानस्थलसम्म जान दिने सहमति भएको र त्यहीअनुसार मन्त्रालयमार्फत निर्देशन गराउने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.