Advertisement

धावक कार्कीले २७ फिट अग्लो गदा निर्माण गर्दै

0 594

Advertisement


१५ बैशाख, काठमाडौं । दौडिएर ७७ जिल्ला पुगिसकेका धावक रामसुन्दर कार्कीले २७ फिट अग्लो गदा निर्माण गर्ने भएका छन् । गोदावरी नगरपालिका वडा २, गोदामचौरस्थित कार्कीटारमा आफैले आफ्नै जग्गामा निमार्ण गरेको हनुमान मन्दिर हातामा गदा निर्माण गर्न लागेका हुन् । कार्की सोही ठाउँका बासिन्दा हुन् ।

कार्की स्वयं र नातिनी आहाना आचार्यले हनुमान जयन्तीका दिन मंगलबार संयुक्त शिलान्यास गरे । कार्कीले ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेपनि सबैको साथ र सहयोग भए १ वर्षमा निर्माण सम्पन्न गर्ने सोच बनाएको बताउदै निर्माण सम्पन्न गर्न करिब १५–२० लाख रुपैयाँ खर्च हुने जानकारी गराए ।

‘दौडकै माध्यमबाट निर्माण सम्पन्न गर्ने लक्ष्य हो । त्यो पूरा हुन नसके आफै लगानी गरेर भएपनि निर्माण सम्पन्न गर्छु ।’– कार्कीले भने ।
धावक कार्कीले धार्मिक बाहेक सामाजिक कार्य गर्ने क्रममा दोलखास्थित गौरीशंकर बाल गृह मावि, रौतहटका बाढी पीडित, कालीकोट रास्कोटमा रहेको प्रसुती अस्पताललगायतमा आर्थिक सहयोगका साथै जिन्सी पनि सहयोग गरिसकेका छन् । यि सबै कार्य दौडबाटै उठेको रकमबाट सम्भव भएको कार्कीले बताए ।

कार्कीले काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं सिन्धुली ३ पटक, काठमाडौं–जनकपुर २ पटक र काठमाडौं–पोखरा १ पटक दौडिसकेका छन् ।

उनले काठमाडौंदेखि भारतको उत्तरप्रदेश तथा भुटानको फुन्सिलिङ पनि दौडेर ओहोर–दोहोर गरिसकेका छन् । उनले विभिन्न घरेलु प्रतियोगितामा पनि सहभागिता जनाएका छन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.