Advertisement

अक्सिजनदेखि आइसियू बेडको आयातमा बल्ल कर छुट, व्यवसायी भन्छन्– ‘निकै ढिलो भयो’

0 607

Advertisement

१५ बैशाख, काठमाडौं । सरकारले कोरोनाका गम्भीर बिरामीको उपचारमा प्रयोग हुने अक्सिजन, भेन्टिलेटर, आइसियू बेड, अक्सिजन सिलिन्डरलगायतका सामानको आयातमा सम्पूर्ण कर तथा महसुल छुट गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले यस्तो निर्णय गरेको हो ।

‘कोभिड महामारीको बढ्दो संकटलाई ध्यानमा राखेर गम्भीर बिरामीको उपचारमा प्रयोग हुने मेडिकल सामग्री तथा उपकरणमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्कलगायतका सबैखाले कर, महसुलमा छुट दिने निर्णय भएको छ,’ अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले भने । स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले यो प्रस्ताव मन्त्रिपरिषद्मा लगेको उनले बताए ।

अब मेडिकल ग्रेड, अक्सिजन ग्यास र लिक्विड, सिलिन्डर, अक्सिजन फ्लो मिटर, अक्सिजन रेगुलेटर, ब्लड ग्यास एनालाइजर, भेन्टिलेटर, आइसियू बेडलगायतका सामग्रीको आयातमा कुनै कर तथा महसुल लाग्नेछैन । मेडिकल सामग्रीको आपूर्तिलाई सहज र सुलभ बनाउन कर छुट दिने निर्णय गरिएको सचिव ढुंगानाले बताए ।

यसअघि अक्सिजन ग्यासको सिलिन्डरलगायतका उपकरणमा १५ प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने गरेको थियो । नेपाल अक्सिजन ग्यास उत्पादक संघले भन्सार महसुल र कर हटाउन सरकारसँग पटकपटक माग गर्दै आएको थियो ।

‘हामीले अक्सिजन उद्योगलाई अत्यावश्यक उद्योगका रूपमा व्यवहार गरिनुपर्छ भन्दै आएको करिब तीन दशक भइसक्यो,’ संघका अध्यक्ष गौरव सारडाले भने, ‘अहिलेसम्म हामीलाई सरकारले देखेको थिएन, सुनेको थिएन । अहिले बल्ल सरकारले हामीलाई बोलाएको छ, कुरा गरेको छ ।’

आजको नयाँ पत्रिका दैनिकमा कृष्ण रिजालले लेखेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.