Advertisement

दमौलीबाट भीरकोट जाँदै गरेको जीप धारापानीमा दुर्घटना हुदा एकको मृत्यु, १३ घाइते

0 636

Advertisement

१४ बैशाख, तनहुँ । दमौलीबाट ऋषिङ गाउँपालिकाको भीरकोट जाँदै गरेको ग १ ज ७६०० नम्बरको जीप ऋषिङ गाउँपालिका–१ धारापानीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । मङ्गबार दिउँसो ३ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी व्यास नगरपालिका–५ पाटनकी २५ वर्षिय मनु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाईते मनुको दमौलीस्थि दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाईते हुनेमा ऋषिङ गाउँपालिका–१ झापुटार बस्ने वर्ष २७ को गितामाया थापा, गीताकै छोरा वर्ष ८ को दीपसन थापा, छोरी ५ वर्षकी अस्मि थापा, सोही गाउँपालिकाको वडा नम्बर ६ का वर्ष ४० का टिकाराम थापा, वर्ष २० की बेलसरा थापा, वर्ष २३ की दिलकुमारी थापा, दिलकुमारीकै छोरी वर्ष २ की सुहाना थापा घाईते हुनु भएको छ ।

यसैगरी सोही ठाउँका वर्ष ३३ का मधुसिंह राना, वर्ष २८ का लालबहादुर परियार, रेखा आले, अनमिका थापा र अनामिकाकै दुई वर्षको छोरी रुपा थापा घाईते हुनु भएको छ । घाईतेको मध्ये दमौली अस्पताल उपचार भईरहेका १३ मध्ये दुई र रत्नहरी अस्पतालमा उपचार भएका दुई गरी चार जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको प्रहरीले जनाएको छ ।

‘‘यात्रु छतमा पनि थिए भित्र पनि कोचाकोच थियो उकालोमा तान्न नसकेर पछि हटी भिरबाट खस्न पुग्यो’’ एक छोरा र छोरी समेत घाईते भएकी गीता थापाले भन्नुभयो । कच्ची सडकबाट जीप करीव ४० मिटर तल खसेकाले सबै यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी जवान उक्तम बगटीले जानकारी दिनुभयो ।

‘‘दमौलीमा आफ्नो क्षमता अनुसार ५ जनामात्रै लिएर गएको थियो अलि पर पुगेर क्षमता भन्दा तेब्बर बढी यात्रु राखेछ’’ प्रहरी जवान बोगटीले भन्नुभयो । जीप व्रेकफल भई दुर्घटना भएको अनुमान प्रहरीको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.