च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा रियल मड्रिड र चेल्सीबीच प्रतिस्पर्धा
१४ बैशाख, काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आज रियल मड्रिड र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ ।
स्पेनिस क्लब रियल र इंग्लिस क्लब चेल्सीबीचको खेल रियलको अस्थाई मैदान अल्फ्रेडो डी स्टेफानोमा हुनेछ ।
रियल र चेल्सीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा रियल जित निकाल्दै फाइनलको नजिक पुग्न चाहन्छ ।
तर, च्याम्पियन्स लिगका सर्वाधिक सफल टिम रियललाई चेल्सीविरुद्ध सहज भने हुने छैन ।
चेल्सी पनि रियललाई स्तब्ध पार्दै फाइनल नजिक पुग्न चाहन्छ ।
रियल र चेल्सीबीच यो चौंथो भेट हो । यस अघिका तीन भेटमा चेल्सीले २ जित निकाल्दा एक खेल बराबरी भएको थियो ।
यो पनि पढ्नुहोस्: