Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

0 97

१४ बैशाख, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सेले मंगलबार हाइड्रोलाई पहिलो कारोबारका लागि एक सयदेखि ३ सय रुपैयाँसम्मको ओपनिङ रेञ्च दिएको हो ।

नेपसेका अनुसार उक्त कम्पनीको एक करोड ४५ लाख कित्ता आईपीओ सूचिकृत भएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि SHEL सिम्बोल पाएको छ । कम्पनीले संस्थापक तर्फको १ करोड १ लाख ५० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारण तर्फको २९ लाख कित्ता गरी कुल १ करोड ४५ लाख कित्ता शेयर सूचीकृत गराएको हो ।

बुधवारदेखि कम्पनीको शेयर कारोबार सुरु हुनेछ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ देखि त्यसको तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोकेको हो ।

पहिलो कारोबार दिन प्रि ओपनिङ सेसनमा कारोबारका लागि म्याच भएको मूल्यको आधारमा नियमित सेसनको लागि खुला मूल्य तय हुनेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०० रहेको छ ।

यो पनि पढ्नुहोस्:


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.