Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सिद्धार्थ बैंक लिमिटेडको नाफा २ अर्व माथि

0 96

१४ बैशाख, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकले २ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.१२ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढेको र निष्क्रिय कर्जा घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०३ प्रतिशत घटेको छ। तर, सो अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १९.८२ प्रतिशत र सञ्चालन मुनाफा ५०.७५ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८३ करोड १४ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ४४.२५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २३.४२ प्रतिशत र कर्जा २३.८६ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा १.३६ प्रतिशतविन्दु घटेर ०.८८ प्रतिशतमा झरेकाे छ।

यो पनि पढ्नुहोस्:


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.