Advertisement

लक्ष्मी बैंकको API Banking मा आधारित LxBConnect मा साझेदारीको आह्वान

0 731

Advertisement

लक्ष्मी बैंकले API Banking को माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीतिबमोजिम LxBConnect नामक API Developer प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ । यस साझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन् ।

LxBConnect Sandbox इन्भाइरोमेन्टअन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको API सँग सम्बन्धित कार्यसँग एकिकरणको सम्भावनाहरुलाई कार्यान्वयन गर्न तथा आफू अनुकूल प्रयोग गर्न सक्नहुन्छ ।

लक्ष्मी बैंकले निम्नबमोजिम खाता व्यवस्थापन, वित्तीय तथा गैरवित्तीय गरी ३ वर्गको प्रयोग हुने गरी ब्एक्ष् मा पहुँच प्रदान गर्ने छ:

खाता व्यवस्थापनः खाता खोल्ने, खाता व्यवस्थापन गर्ने, ग्राहक पोर्टफोलियो बनाउने

वित्तीयः हितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर, बिल भुक्तानी, नियमित (रिकरिंग) भुक्तानी, रेमिट्यान्स भुक्तानी, तलब भुक्तानी, सेटलमेन्ट आदी ।

गैरवित्तीयः विनिमय दर, शाखा – ATM हरुको जानकारी, प्रमाणिकरण, रिकन्सिलियसन, स्टेटमेन्ट आदि

लक्ष्मी बैंकका बारेमा

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज १२९ शाखाहरु, ५ हस्पितल काउन्टर, १५८ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ६१ शाखा सहित बैैैंकिङ्ग, ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेका छन् ।

सूचना प्रविधिको माध्यमबाट बृहतस्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ्ग सेवा प्रदायकको रुपमा बैंक अगाडि आएको छ । उच्चस्तरीय संस्थागत सु–शासान संस्कार, जोखिम व्यवस्थापन प्रणाली, र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।

लक्ष्मी बैंकको भगिनी संस्थाको रुपमा माइक्रोफाइनान्स कम्पनीः

लक्ष्मी लघुवित्तीय संस्था लिमिटेड बैंकको भगिनी संस्थाका रुपमा रहेको छ । राष्ट्र बैंकबाट घ वर्गको वित्तीय संस्थाको रुपमा स्थापना भएको यो संस्था सन् २०१२ मा भएको हो । हाल सम्म यस लघुवित्तको ७२ शाखा रहेका छन् भने संस्थाले ४० बिलियन भन्द बढी कर्जा प्रवाह गरेको छ ।

यसै गरी, लक्ष्मी बैंकको अर्को भगिनी संस्थाका रुपमा इन्भेस्टमेनट कम्पनी– लक्ष्मी क्यापिटल पनि सञ्चालित रहेको छ । धितोपत्र बोर्डबाट विभिन्न मर्चेन्ट तथा इन्भेस्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यकासाथ यो संस्था सन् २००९ देखि सञ्चालित रहेको छ । लक्ष्मी क्यापितलले लक्ष्मी इक्वीटि फन्ट र लक्ष्मी उन्नतिकोष गरी दुई वटा म्युच्युअल फन्ड पनि जारी गरी नेपाल स्टक एक्स्चेनजमा सूचिकृति समेत गरेको छ ।

बैंकले आर्थिक वर्ष २०१९-२० मा आफ्नो ब्यालेन्सिटको आकार १२९ अर्ब पु¥याएको छ । जसमा १००.०७ अर्ब डिपोजिट तथा ८९.८९ अर्ब कर्जा रहेको छ । बैंका अन्य सूचकांकहरु नियामक निकायले तोके बमोजिम रहेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.