Advertisement

भारतमा सरकार विरोधी ट्वीटमाथि सेन्सर, चाैतर्फी विरोध

0 309

Advertisement

१४ बैशाख, एजेन्सी । कोरोनाले दिनहुँ मानिसहरु मरिरहँदा पनि सरकारले कुनै पहल नगरेको भन्ने सन्देश भएका ट्विट हटाउन आदेश दिएपछि प्रयोगकर्ताहरु त्यसको विरुद्धमा सामाजिक सञ्जाल तताइरहेका छन्।

ट्विटरका एक प्रवक्ताले केही सामग्री भारतमा हेर्न नसकिने गरिएको पुष्टि गरेका छन्। भारतमा ठूलो सङ्ख्यामा कोरोनाका बिरामी तथा मृतकहरु बढिरहेका छन् भने बिरामीहरु अक्सिजन र भेन्टिलेटर नपाएर छट्पटाइरहेका छन्।

एक जना प्रयोगकर्ताले हालै भारत सरकारलाई ‘अक्सिजन आपूर्ति गर्नुभन्दा ट्विट हटाउन सजिलो’ भएको ब्यहोराको ट्विट गरेका थिए।

सरकारले लगायत यस्ता ब्यहोरा भएका ट्विटहरुले जनमानसमा नकारात्मक प्रभाव पर्ने देखेर ट्वीटमा सेन्सर गर्न आकस्मिक आदेश दिएको अनलाइन सामग्रीका विषययमा विश्वको सरकारले दिएका आदेशको लगत राख्ने डाटाबेस ल्युमेनमा ट्विटरले खुलासा गरेको छ।

ट्विटरले कुन कुन सामग्री हटाएको हो भन्नेबारे केही नबताए पनि सञ्चारमाध्यममा आएका रिपोर्ट अनुसार हटाइएका मध्येका पश्चिम बंगालका एक राजनीतिज्ञले प्रधानमन्त्री मोदीलाई कोरोनाका कारण बढिरहेको मृत्युदरको प्रमुख कारकका रुपमा प्रस्तुत गरेको र एक अभिनेताले प्रधानमन्त्री मोदीलाई कोरोनाका बेला चुनावी र्याली गरेको भन्दै विरोध गरेकालगायतका सामग्री रहेको बुझिएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.