Advertisement

बालाजुस्थित बाइस धारामा आज विशेष मेला, यस्तो छ धार्मिक महत्व

0 945

Advertisement

१४ बैशाख, काठमाण्डौ । बालाजुस्थित बाइस धारामा आज मेला । ऐतिहासिक महत्व बोकेको काठमाण्डौको बालाजुस्थित बाइस धारामा आज मंगलबार विशेष मेला लाग्दैछ । यो मेलाको आफ्नै धार्मिक महत्व छ । चैत शुक्ल पूणिर्माका दिन यहाँ बर्षेनी मेला लाग्ने गरेको हो । यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रुपमा मनाउने गरेको उल्लेख छ ।

यस दिन मन्नादी देवीको जन्म भएकाले महिलाले बाइस धारामा नुहाईधुवाई गरेमा फलिफाप हुन्छ भन्ने विश्वास छ । किम्वदन्ती अनुसार विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरुप उत्पति भयो । यसैको सम्झनामा ल्हुतिपूणिर्मा मनाउने गरिएको हो ।

ल्हुति पूणिर्माको दिन बाइसधारामा स्नान गरी मृत्त आफन्तको नाममाब बत्ती बाल्ने परम्परा छ । साथै यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिने परम्परा रहेको उल्लेख छ । मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसंग जोडिएको छ ।

ल्हुती पूणिर्माको मेलासँग मनमैजु जात्रा पनि सुरु हुन्छ । यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।

यो मेलामा हजारौँ भक्तजनको भिड लाग्ने भए पनि यस पटक कोरोना भाइरस संक्रमणको जोखिमका कारण प्रभावित भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`

PHOTO/SANJOG MANANDHAR



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.