Advertisement

पञ्जाव किङ्ग्समाथि कोलकाता नाइट राइडर्सको महत्त्वपूर्ण जित

0 298

Advertisement

१४ बैशाख, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार कोलकाता नाइट राइडर्सले पञ्जाव किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै महत्त्वपूर्ण दुई अंक हासिल गरेको छ ।

अंक तालिकाको पुछारमा रहँदै आएको कोलकाताले यो जितसँगै प्रतियोगितामा आफूलाई कायमै राख्न आत्मबल बढाएको हो । जितसँगै कोलकाताले ६ म्याचमा दुई जित र चार पराजयका साथ अंकतालिकामा पाँचौं स्थान कब्जा गरेको छ ।

कोलकाताका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ४७ रन बनाए । यस्तै राहुल त्रिपाठीले ४१, आन्द्रे रसेलले १० र दिनेश कार्तिकले १२ रन बनाए । पञ्जावका लागि मोइसिस हेनरिक, मोहम्मद शामी, अर्षदीप सिंह र दीपक होडाले एक एक विकेट लिए ।

यसअघि टस जितेर फिल्डिङ रोजेको कोलकाताले पञ्जावलाई १२३ रनमा रोकेको थियो । पञ्जावका लागि मयंक अग्रवालले ३१, क्रिस जोर्डनले ३० रन बनाए भने कप्तान केएल राहुल र निकोलस पुरनले समान १९ रनको योगदान गरे । त्यस्तै शाहरुख खानले १३ रन बनाए ।

यस क्रममा कोलकाताका लागि प्रशिद्ध कृष्णाले तीन, पाट कमिन्स र सुनिल नारिनले दुई दुई विकेट लिए । यस्तै शिवम माभी र वरुण चक्रवर्तीले एक एक विकेट हात पारे । पराजयसँगै पञ्जाव भने अंक तालिकाको छैटौं स्थानमा झरेको छ । पञ्जावले ६ खेलमध्ये दुईवटामा जित र चारवटामा पराजय व्यहोरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.