Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

उपाधि नजिक इन्टरमिलान

0 100

१३ बैशाख, एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा इन्टरले भेरोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन माटियो डारमेनले निर्णायक गोल गरे ।

खेलको ७६ औं मिनेटमा उनले आच्रफ हाकिमीको पासमा गोल गरेका हुन् ।

यस जितसँगै इन्टर सिरी ‘ए’ को उपाधि नजिक पुगेको छ ।

इन्टरले सन् २०१० पछि सिरी ‘ए’ को उपाधि जित्न सकेको छैन ।

यस जितले इन्टरले दोस्रो स्थानको एटलान्टामाथि ११ अंकको अग्रता बनाएको छ ।

इन्टरले ३३ खेलमा ७९ अंक जोडेको छ । भेरोना ४१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

यो पनि पढ्नुहोस्:


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.