Advertisement

उपत्यकामा निषेधाज्ञा

0 1,136

Advertisement

१३ बैशाख, काठमाडौं । उपत्यकाका तीन जिल्लामा बिहिबार राती १२ बजेदेखि निषेधाज्ञा हुने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बैशाख १६ गते बिहिबारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।   

समाचार स्रोतका अनुसार सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी वैशाख १६ गते बिहिबार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

स्रोतले भन्यो, ‘उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने निर्णय भएको छ । निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्‍चालनमा पनि रोक लगाइने छ ।

निषेधाज्ञाको विस्तृत सूचना केहीबेरमा सार्वजनिक हुँदैछ ।’ 

सिडियोहरु यस विषयमा छलफल जारी भएको यसको निर्णय चाडै सार्वजनीक गर्ने स्रोतले जनकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.