Advertisement

म्यानचेस्टर सिटीलाई कारबाओ कपको उपाधि

0 907

Advertisement

१३ बैशाख, एजेन्सी । म्यानचेस्टर सिटीले टोटेनहम हट्सपरलाई हराउँदै कारबाओ कपको उपाधि जितेको छ।

प्रिमियर लिगकोसमेत शीर्षस्थानमा रहेको सिटीले गएरातिको फाइनल खेलमा टोटेनहममाथि १-० को संघर्षपूर्ण जित निकाल्दै कारबाओ कपको उपाधि जितको हो।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा एमरिक लापोर्टेले सिटीको जितका लागि निर्णायक गोल गरेका थिए। उनले खेलको ८२ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा गोल गरेका थिए।

यो सँगै सिटीले लगातार चौथो पटक कारबाओ कपको उपाधि उचालेको हो। फाइनल खेल ८ हजार दर्शकहरुको बीच वेम्बले स्टेडियममा खेलाइएको थियो।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.