Advertisement

आजको खेलकुद गतिविधी

0 761

Advertisement

१३ बैशाख, काठमाडौं ।

रामविनय दुई स्पर्धाको सेमिफाइनलमा

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका रामविनय श्रेष्ठ बाह्रौं सार्वजनिक संस्थान राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष सिंगल्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगितामा रामविनयले नागरिक लगानी कोषका पुरुषोत्तम पौडेललाई २१–१५ र २१–८ को सोझो सेटमा पराजित गरे ।

त्यसअघि रामविनयले औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका रामबहादुर तामाङलाई २१–११ र २१–१८ को सीधा सेटमा हराएका थिए । सोही स्पर्धामा कृषि विकास बैंकका टक्कर कुँवरले नेपाल विद्युत प्राधिकरणका सरोज तामाङलाई ११–२१, २१–१६ र २१–१८, विद्युतका टेकबहादुर बुढाले राष्ट्रिय वाणिज्य बैंकका गोरखबहादुर शाहीलाई २१–१ र २१–१३ तथा वाणिज्यका गुप्ता केसीले विद्याुतका रत्न श्रेष्ठलाई ११–२१, २१–१९ र २१–१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

महिला सिंगल्समा बिमा संस्थानकी सविना श्रेष्ठले वाणिज्यकी पुष्पाकुमारी खनाललाई १५–२१, २१–१३ र २१–११ तथा वाणिज्यकी दुर्गाकुमारी कँडेलले नेपाल वायु सेवा निगमकी सविना बस्नेतलाई २१–१५ र २१–१८ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगितामा रामविनय पुरुष भेट्रान ४५ वर्षमाथि डबल्समा पनि सेमिफाइनलमा पुगेका छन् । रामविनयले जनक भारतीसंग मिलेर वाणिज्यका विश्वप्रसाद दाहाल र लालबहादुर थापाको जोडीलाई १८–२१, २१–१८ र २१–१८ को सेटमा पन्छाए । उक्त स्पर्धामा एभरेष्ट बैंक लिमिटेडका सन्तोष भट्टराई र पुष्पराज उप्रेती तथा विद्युतका उमेशकुमार भण्डारी र विष्णु मास्केको जोडीले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष डबल्समा मुक्तिनाथ विकास बैंकका थानेश्वर अर्याल

÷प्रेम थापा तथा विद्युतका भूपेन्द्र बिसी÷प्रितम बस्नेत, विष्णु मास्के÷सरोज तामाङ र राजु महर्जन÷लोकेन्द्रबहादुर साउदको जोडीले आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान बनाए ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गर्दै कर्पोरेट क्षेत्रले खेलकुदको विकास र विस्तारमा ठूलो टेवा पु¥याउन सक्ने धारणा व्यक्त गरे ।

पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गरी विगतमा विविध खेल समावेश गर्दै बृहत प्रतियोगिता आयोजना गर्ने गरेकोमा यसपटक ब्याडमिन्टन मात्रको प्रतियोगिता आयोजना गरिएको बताए ।


प्रतियोगितामा १२ संस्थाका ७० खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । सबै स्पर्धामा नगद पुरस्कार रहेको प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख २२ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सोमबार सम्पन्न हुने छ ।


बक्सिङ टोली फर्कियो

पोल्यान्डको किल्सीमा भएको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली बक्सिङ टोली आइतबार स्वदेश फर्किएको छ ।


अप्रिल १० देखि २४ तारिखसम्म भएको प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।
सुष्मा तामाङ ४८ केजीमुनि क्वाटरफाइनलसम्म पुगेकी थिइन् ।

पहिलो चरणमा बाइ पाएकी सुष्माले प्रिक्वाटरफाइनलमा लिथुवानियाकी खेलाडीलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् । क्वाटरफाइनलमा सुष्मा आयोजक राष्ट्र पोल्यान्डकी खेलाडीसंग चुकेकी थिइन् । पोल्यान्डकी खेलाडीले प्रतियोगितामा रजत जितिन् ।
क्वाटरफाइनलमा पुगेसंगै सुष्माले युथतर्फ विश्व वरीयतामा छैटौं स्थान प्राप्त गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।
यसअघि उक्त प्रतियोगितामा कुनैपनि नेपाली खेलाडी क्वाटरफाइनल पुग्न नसकेको नेपाल बक्सिङ संघले जनाएको छ । सुमिना खड्का ५४ केजीमुनि बेलारुसकी खेलाडीसंग पहिलो चरणमै पराजित भइन् । प्रशिक्षकमा ओम मास्के रहेका छन् ।


टोलीलाई नेपाल बक्सिङ संघका सदस्यद्वय पुस्करराज पन्त र मानबहादुर भण्डारी, बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, गोन्झाव एसियाडमा नेपाललाई एक्लो पदक दिलाएका बक्सिङका दीपक महर्जनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले विशेष कारणले उपस्थित हुन नसकेकोले भिडियो कल मार्फत टोलीलाई बधाइ दिनुका साथै स्वागत गरेको बक्सिङ संघले जनाएको छ ।


अनिता एरोबिकको ब्रान्ड एम्बासडर

नेपाली टेबलटेनिस खेलाडी अनिता महर्जनलाई एरोबिक टेबलटेनिसले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । एरोबिकका प्रमुख कार्यकारी अधिकृत स्टिभ रो र अनिताबीच सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।

तीन वर्षका लागि एरोबिकको ब्रान्ड एम्बासडर बनेकी अनितालाई पार्टनर र प्रोमोटर पनि चयन गरिएको छ । करिब १५ वर्ष टेबलटेनिसमा संलग्न अनितालाई स्टिभले बटरफ्लाइ मार्फत प्रायोजन पनि गराएको बताइएको छ ।

अनिताले परिवारकै सहयोगमा सामाखुशीस्थित सरकारी धारामा एनिस पिङ पोङ क्लब पनि स्थापन गरेकी छन् । अनिता उक्त क्लबको प्रमुख कार्यकारी अधिकृत हुन् । विश्व टबेलटेनिस दिवसका अवसरमा अनितालाई ‘फिमेल प्रोमोटर’ मा चयन गरिएको अनिता स्वयंले जानकारी गराइन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.