सुनचाँदीको मूल्य स्थिर
१३ बैशाख, काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य उतारचढाव कायम रहेको छ । आज सोमबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहँदै ९१ हजार ३ सयमा कारोबार भइरहेको छ । आइतबार समेत यही मूल्यमा कारोबार भएको हुँदा स्थिरता देखिएको हो।
आइतबार पनि छापावाला सुन तोलाको ९१ हजार ३ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ ।
आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला १३१० मा कारोबार भइरहेको छ ।
यो पनि पढ्नुहोस्: