Advertisement

कुमारी बैकं लमिटेडको खुद नाफा २ अर्व नजिक

0 818

Advertisement

१२ बैशाख, काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा २ अर्ब नजिक पुगेको छ भने वितरणयोग्य मुनाफा करिब १ अर्ब पुगेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.५८ प्रतिशत बढी हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो। चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ९८ करोड ४६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.०४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ४३.६४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको अन्य सञ्चालन आम्दानी साढे ७ करोडबाट बढेर करिब ३२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ७४.४१ प्रतिशत बढेको छ। चैत मसान्तसम्ममा बैंकको ५१ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ २४ पैसा बढेर १७ रुपैयाँ ३४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४९ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १०.८५ प्रतिशत बढेको छ भने जगेडा कोष ३.७३ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको निक्षेप ९.५७ प्रतिशत र कर्जा १६.५५ प्रतिशत बढेको छ।

कर्जा लगानीसँगै बैंकको निष्क्रिय कर्जा सामान्य बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो कर्जा ०.११ प्रतिशतविन्दु बढेर १.०९ प्रतिशत पुगेको छ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.