Advertisement

सार्वजनिक संस्थान ब्याडमिन्टन भोलिदेखि

0 443

Advertisement

१२ बैशाख, काठमाडौं । सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपाल (पेस्डान) को आयोजनामा बाह्रौं सार्वजनिक संस्था राष्ट्रिय खेलकुद प्रतियोगिता आज बाटहुने भएको छ ।

प्रतियोगितामा यसपटक ब्याडमिन्टनतर्फ १२ टिमका १ सय १० खेलाडीको सहभागिता रहने पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले जनाएका छन् । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय वाणिज्य बैंक, मुक्तिनाथ विकास बैंक, कृषि विकास बैंक, नागरिक उड्डयन प्राधिकरण, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल वायु सेवा निगम, औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेड, एभरेष्ट विकास बैंक, नागरिक लगानी कोष र बिमा संस्थानले भाग लिदै छन् ।

पुरुष-महिला सिंगल्स, भेट्रान डबल्स र पेस्डान डबल्स गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने छ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी १ लाख २२ हजार रुपैयाँ रहेको पेस्डानका महासचिव रामविनय श्रेष्ठले जानकारी गराए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख २२ हजार खर्च हुने पेस्डानले जनाएको छ । विगतामा प्रतियोगिताअन्तर्गत विभिन्न खेल पनि हुने गरेकोमा यस संस्करणमा कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गरी ब्याडमिन्टनको प्रतिस्पर्धा मात्र गर्न लागिएको बताइएको छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.