Advertisement

‘मानवता पहिलाे हाे, हामी भारतलाई सहयाेग गर्न तयार छाैँ’ – इमरान खान

0 2,015

Advertisement

१२ बैशाख, काठमाडौँ । पाकिस्तानले कोरोना भाइरसको महामारीका कारण अति प्रभावित भएको भारतलाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गर्न तयार रहेको बताएको छ।

पाकिस्तानको विदेश मन्त्रालयले वक्तव्य जारी गरेर आफू सहयोगका लागि तयार रहेको जानकारी दिएको हो।

वक्तव्यमा भनिएको छ, ‘महामारीको यो संकटका बेला हामी भारतका नागरिकको साथमा छौँ। पाकिस्तान सहयोग स्वरुप भारतलाई भेन्टिलेटर, बाइपेप मेसिन, डिजिटल एक्स–रे मेसिन, पिपिई किट र अत्यावश्यक स्वास्थ्य सामग्री दिन चाहन्छ।’

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कूरेशीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा गरेको पोस्टमा भनिएको छ, ‘पाकिस्तान मानवतालाई प्राथमिकता दिने नीतिमा विश्वास गर्छ।’

अत्यावश्यक सामग्री जति सक्दो चाँडो भारत पुगोस् भन्नका लागि दुवै देशका अधिकारी मिलेर काम गर्न सक्ने पाकिस्तानले जनाएको छ। दुवै देश मिलेर महामारीका कारण आउन सक्ने चुनौतिको सामना गर्नका लागि सम्भावित तरिकाहरु खोज्न सक्ने पनि पाकिस्तानले जनाएको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि भारतका नागरिकप्रति सहानुभूति व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘छिमेकी तथा विश्वभर घातक भाइरसका कारण समस्या भोगीरहेकाहरुको शीघ्र स्वास्थ्य लाभका लागि पाकिस्तान प्रार्थना गर्दछ।’

कोरोना भाइरसको महामारी विश्वकै संकट रहेकाले सम्पूर्ण मानव समुदाय मिलेर जुध्नु पर्छ। यसैबिच गएको शुक्रबार विश्व स्वास्थ्य संगठनले भारतमा महामारी तीव्र रुपमा बढिरहेको र त्यो अति चिन्ताको विषय रहेको बताएको थियो।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा (शनिबार) मा तीन लाख ४९ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ। सो अवधिमा कोभिड–१९ बाट २७ सय ६७ जनाको ज्यान गएको छ। अहिलेसम्म कोभिड–१९ बाट एक लाख ९२ हजार ३११ भारतीयको ज्यान गइसकेको छ।

कुल संक्रमितको संख्या एक करोड ६९ लाख ६० हजार भन्दा धेरै पुगेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ। शुक्रबार एकै दिन तीन लाख ४६ हजार ७८६ जनामा संक्रमण भएको थियो भने २६ सय २४ जनाको ज्यान गएको थियो।

भारतमा हाल संक्रिय संक्रमितको संख्या २६ लाख ८२ हजार भन्दा धेरै छ। अहिलेसम्म १४ करोड ९ लाख १६ हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको कम्तीमा एक जोड खोप लगाएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.