Advertisement

सुरेशको संगीत, चन्द्रको स्वरमा ‘किन होला’ सार्वजनिक ( भिडियो )

0 1,839

Advertisement

११ बैशाख काठमाडौँ । डिमोन क्षेत्री र सिर्जना जिसीबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको म्युजिक भिडियो ‘किन होला’ डिजिटल बजारमा सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा स्वर अमेरिकाको एट्लाण्टा सहर निवासी गायक चन्द्र लावारको रहेको छ। गायक तथा संगीतकार सुरेश कुमार क्षेत्रीले संगीतवद्द गरेको यस गीतमा शब्द अमेरिकामा रहेका गीतकार गोपाल क्षेत्रीको रहेको छ। यस गीतलाई राजन तामाङको संगीत संयोजन गरेका हुन्।

राम कुमार केसीले छायांकन गरेको यस भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन्। विवेक दत्त मंगेश सहायक निर्देशक रहेको यस भिडियोलाई राजिव समरको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो। गायक लावारकी सुपुत्री सान्वी लावारको जन्मदिनको शुभअवसर पारेर ‘चन्द्र लावार’ च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। भिडियोमा दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

भिडियो :



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.