Advertisement

होङ्गान्जी न्यु डायमन्ड र एपीएफ उपाधि नजिक

0 760

Advertisement

११ बैशाख, सिन्धुपाल्चोक। होङ्गान्जी न्यु डायमन्ड र एपीएफ भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा एनभिए लिगको विजेता डायमन्डले एनभिए लिगको उपविजेता विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा भएको खेलमा को पहिलो सेटमा डायमन्डले २५–१० को सहज जित निकालेको थियो । दोस्रो सेटमा उत्कृष्ट प्रदर्शन गरेको पुलिसले न्यु डायमन्डलाई २५–१९ मा रोक्दै सेट एक एकको बराबरीमा पु¥यायो । त्यसपछिको दुवै सेट डायमन्डले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा २५–१२ को सहज जित निकालेको डायमन्डले चौथो सेटमा २५–१९ को जित दर्ता गर्दै फाइनलमा पुग्न सफल भयो ।

पुलिसमाथिको जितमा उच्च प्रदर्शन गरेकी डायमन्डकी प्रतिभा माली प्लेयर अफ दि म्याच चुनिइन् । उनले २ हजार रुपैयाँ हात पारिन् । यस्तै भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले डायमन्डकी खेलाडी वालमिका आचार्यको खेल मन पराएर नगद ५ हजार रुपैयाँ प्रदान गरिन् । यस्तै डायमन्डकै सलिना श्रेष्ठलाई पनि नगद प्रदान गरिएको थियो ।

अर्काे सेमिफाइनलमा एपिएफले आर्मीमाथि ३–१ को सेटमा जित निकाल्दै न्यु डायमन्डसँग उपाधि भिड्न्त पक्का ग¥यो । रोमाञ्चक बनेको पहिलो सेटमा एपिएफले आर्मीमाथी ३०–२८ को संघर्षपुर्ण जित निकालेको थियो । आर्मीले २२–१७ को अग्रतालाई जोगाउन नसक्दा ३०–२८ ले पहिलो सेट गुमाउनु परेको थियो । दोस्रो सेट आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्दा खेल थप रोमाञ्चक बनेको थियो । तेस्रो सेटमा एपिएफ २५–१९ ले विजयी हुदै २–१ ले अघि बढ्यो । रोमाञ्चक बनेको चौथो सेटमा १६–१० ले अघि रहेको एपिएफले सघर्ष गदै २५–२३ को सेटमा जितको निकाल्दै न्यु डायमण्डसँग उपाधि भिड्न्त पक्का गर्यो । एपिएफसँग पराजित भएपनि उच्च प्रदर्शन गरेकी आर्मीकी साफिया पुन प्लेयर अफ दि म्याच हुदै २ हजार रुपैयाँ हात पारिन् ।

प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त गर्ने छ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.