Advertisement

कतारमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

0 300

Advertisement

११ बैशाख, दोहा । नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तब्य मुलुक कतारमा कोराना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २ लाख नाघेको छ ।

शुक्रबार थप ७९८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख ७७८ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२९७ जना उपचारपछि निको भएका छन् । योसँगै उपचारपछि निको हुनेको संख्या १ लाख ८४ हजार ४६१ पुगेको छ ।

२४ घण्टामै ३९, ४०, ४९, ५७, ६० र ६९ बर्षीय नागरिक गरी थप ६ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ४१३ पुगेको मन्त्रालयले जनाएको छ ।

कतारमा अहिले २१ हजार ९०४ वटा ‘एक्टिभ’ केस रहेका छन् भने १ हजार १६० जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये ४४१ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।

यो समाचार तयार पार्दासम्म १३ लाख ७२ हजार ३९६ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट कतारमा २१ नेपाली श्रमिकले ज्यान गुमाईसकेका छन् ।

भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाइ गरिरहेको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ । नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.