Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

दुई हजार ४४९ जना नयाँ सङक्रमित थप, ४१० निको

0 74

१० बैशाख, काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ४४९ जना नयाँ सङक्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ७९८ आरटीपीसीआर परीक्षण गरिएकोमा सो सङक्रयामा सङमितको पहिचान भएको हो । यस्तै, ८६६ जनाको एन्टीजेन परीक्षणमा ११० जनामा कोरोना सङक्रमितको पहिचान भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङक्रमितसँगै नेपालमा कोरोनाका हाल १४ हजार ७२४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४१० जना सङक्रमित निको भएका छन् ।

चौबीस घण्टामा पाँचजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङख्या तीनहजार १२२ पुगेको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.