Advertisement

एमालेकाे बैठक सम्पन्न, १९ जनाको स्थायी कमिटी गठन, कर्णाली प्रदेशका चार सांसदलाई कारबाही

0 555

Advertisement

१० वैशाख, काठमाडौं । नेकपा एमाले दशौं महाधिवेशन आयोजक केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १९ जनाको स्थायी कमिटी बैठक गठन गरेको एमाले पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएका २७ जना सांसदहरुलाई के कस्तो कारवाही गर्ने भन्‍नेबारेमा निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले यस्तो निर्णय गरेको हो। उनीहरूको स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय भएको हो।

बैठकले नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको सिफारिस अनुसार चार जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकाे अध्यक्षतामा भएको बैठकले प्रदेश सभासद् प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निष्काशन गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

यसअघि सत्तारुढ नेकपा एमालेले २७ जना सांसदलाई पार्टीहित विपरीत गतिविधि गरेको भन्दै माधवकुमार नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण मागेको थियो ।

स्पष्टीकरणहरु केही ई–मेल र केही पत्रमार्फत प्राप्त भएको एमाले सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको थियो ।समानान्तर गतिविधि गर्दै आएकाहरुबारे निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई प्रदान गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

आज बसेको बैठकले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको खनाल–नेपाल पक्षलाई पनि पार्टीको मूलधारमा आउन आव्हान गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । यसअघि निलम्बन गरिएका नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डेलगायतलाई स्थायी कमिटीको सूचीबाट हटाइएको तथा नेकपा(माओवादी केन्द्र)बाट प्रवेश गर्नुभएका रामबहादुर थापालगायतलाई समावेश गरिएको छ ।

समानान्तर गतिविधिमा रहेका नेताहरु फर्किएमा जिम्मेवारी दिइने भएको छ । बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.