Advertisement

एमालेको बैठक बस्दै, माधव समूहमाथि थप कारबाही के होला ?

0 367

Advertisement

१० बैशाख, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। बैठकमा पार्टीको सांगठनिक कार्यविभाजन र राजनीतिक प्रतिवेदन, समसायिक राजनीतिक घटनाक्रम,आगामी रणनीतिको विषयमा छलफल हुने उनले बताए।

आन्तरिक विवादले पार्टी विभाजन उन्मुख बनिरहेको समयमा सत्तारुढ नेकपा एमालेको बैठकलाई महत्वपर्ण रुपले हेरिँदै आएको छ। कर्णालीमा ‘फ्लोर क्रस’को आत्मघाती रोग एमालेमा देशव्यापी फैलिने सन्त्रास छ। माधवकुमार नेपालको नेतृत्वमा देशैभरी समानान्तर संरचना बनिरहेका छन्। त्यसमा आक्रामक बनेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार मात्र नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालसहित ३२ सांसदलाई ‘किन नहटाउने ?’ भन्ने स्पष्टीकरण सोधेका थिए। उनीहरुबाट स्पष्टीकरण जवाफ आइसकेकाले सोहि विषयमा पनि बैठकमा छलफल हुने एमालेले जनाएको छ।

सोमबारको बैठकमा अध्यक्ष ओलीले ३२ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। माधव समूहलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारबाही गर्ने निर्णय उक्त बैठकले निर्णय गरेको थियो।

नेपाल पक्षका नेताले बुधबार मात्रै ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको १४ बुँदे मागसहितको रिटमा आफूहरूलाई गर्न लागिएको निष्कासनको कारवाही बदर गर्न भनिएको छ। आफूहरुमाथि कारबाही गरेर सांसद पद खोस्न खोजेको भन्दै खनाल-नेपाल समूहले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदनसमेत दर्ता गराएको छ। उनीहरुको निवेदनमाथि आइतबार सुनुवाई पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ।

बिहीबार केन्द्रीय कार्यालयको भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र गुट चलाएर अराजकता मच्चाउने अनुशासनहीनहरूसँग कुनै सम्झौता नहुने प्रष्ट पारे। उनले अर्को पार्टी खोलेर हिँड्दा पनि पार्टीलाई क्षति नहोस् भनेर कारवाही नगरेर सम्झाइ-बुझाई गर्ने प्रयास र सच्याउने विषयमा नै केन्द्रित रहेकाले कमजोरी नठान्न चेतावनी दिएका थिए।

यसैबीच बुधबार र बिहीबार वरिष्ठ नेता नेपाल र ओलीबीच ‘वान टू वान’ भेटवार्ता भएको थियो। वार्ताको सुरुवातमा केही बेर पार्टी नेता तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए। ‘वान–टु–वान’ वार्ताको वातावरण बनाइदिएर उनी निस्किए।

वार्ताको व्यवस्थापन भने प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले गरेका थिए। तर वार्तामा कुनै प्रगति हुन सकेको छैन। भेटघाटमा प्रधानमन्त्री ओलीले नेपालसँग सहकार्यको प्रस्ताव गरेका थिए। तर, नेपालले दाहालसँगको निकटता घटाएका छैनन्।

यसैबीच बिहीबार साँझै प्रधानमन्त्री ओली र वामदेव गौतमबीच पनि भेटवार्ता भएको छ। संसदीय दलको प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार प्रधानमन्त्रीको संवादपछि बामदेवले भने, ‘केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा(एमाले)को अध्यक्ष हो तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो रअटुट रहिरहनेछ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.