राजस्थानका बलर निरीह बनेपछि बेंग्लोरको सानदार जित, विराट कोहलीले बनाए कीर्तिमान

0 770

१० बैशाख, काठमाडौँ । विराट कोहलीको कीर्तिमान र देबदत्त पाडिकलको शतकको सहयोगमा रोयल्स च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा उत्कृष्ट जित निकालेको छ राजस्थानका बलर निरीह रहेको म्याचमा बेंग्लोरले १० विकेटको सानदार जित हासिल गरेको हो ।

बिहीबार मुम्बईको मैदानमा टस जितेर बेंग्लोरले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बेंग्लोरले १७ औं ओभरको तेस्रो बलमै लक्ष्य पूरा गरेको हो । यस क्रममा उसले कुनै विकेट गुमाएन ।

बेंग्लोरका लागि देवदत्त पाडिक्कलले शतकीय पारी खेले । उनले ५२ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । यस्तै विराट कोहलीले ४७ बलमा ७२ रन बनाए । उनले आइपिएल करिअरमा ६ हजार रनसमेत पूरा गरे । आइपिएलमा ६ हजार रन पूरा गर्ने उनी पहिलो ब्याट्सम्यान हुन् ।

राजस्थानका लागि सुरुवात राम्रो रहेन । तेस्रो ओभरमै प्रारम्भिक ब्याट्सम्यान जोस बटलर ८ रनको व्यक्तिगत स्कोरमा बाहिरिए भने मनन बोहरा ७ रनमा सीमित रहे । कप्तान सन्जु सामसनले २१ रन बनाए भने निकै आशा गरिएका ब्याट्सम्यान डेविड मिलरले खाता नै खोल्न सकेनन् ।

मध्यक्रममा शिवम दुवे र रियान परागले संयमित ब्याटिङ प्रदर्शन गर्दै रनको रफ्तार बढाए भने विकेट पतनलाई पनि केहीबेर रोके । दुवेले ४६ रन बनाए भने परागले २५ रन जोडे । यस्तै राहुल तेवटियाले ४० र क्रिस मोरिसले १० रन बनाए ।

बेंग्लोरका लागि मोहम्मद सिराजले किफायती बलिङ गर्दै चार ओभरमा २७ रन खर्चिएर तीन विकेट लिए । तीन विकेट नै लिएका हर्षल पटेलले भने चार ओभरमा ४७ रन खर्चिए । यो जितसँगै बेंग्लोर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । उसले चार खेलमा आफ्नो पक्षमा शत प्रतिशत नतिजा निकाल्दै ८ अंकका साथ शीर्ष स्थान कब्जा गरेको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.