Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आज ६ कम्पनीको शेयरमा बृद्धी: नेप्से दोहोरो अङ्कले बढ्यो

0 97

 ०९ बैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (बिहिबार) दोहोरो अंकले बढेको छ । बुधबार नेप्से ३२.४१ अंकले घटेर दुई हजार छ सय ३२ दशमलब २० विन्दुमा थामिएको थियो ।    
    
आज नेप्से १५.८० अंकले बढेर दुई हजार छ सय ४८ दशमलब १ विन्दुमा पुगेको छ भने ५ अर्ब ९१ करोड ५१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका दुई समूह बाहेक अन्यसबै समूह बढेका छन् ।  

आज सबैभन्दा धेरै विशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीका लगानीकर्ताले र सिन्धु विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । महिला लघु वित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज ग्रिन डेभलपमेन्ट बैंकका लगानीकताृले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनकिा लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले ३ दशमलव ४४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यस्तै, आज ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त वित्तिय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, ज्योति लाईफ इन्स्योरेन्स कम्पनी र नेपाल के्रडिट एण्ड कमर्श बैंक रहेका छन् ।  


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.