Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पाकिस्तान बम विस्फोटमा चारजनाको मृत्यु, १२ घाइते

0 127

०९ वैशाख, इस्लामाबाद । पाकिस्तानको क्वेटा सहरमा बम विस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

एउटा होटेलको पार्किङमा भएको उक्त विस्फोट पाकिस्तानका लागि चिनियाँ राजदूतलाई लक्षित गरी गराइएको अनुमान गरिएको छ । मृत्यु हुनेहरुमा दुई होटेलका सुरक्षा गार्ड र दुईजना ग्राहक रहेका जनाइएको छ ।

अफगानिस्तानको सीमासँग जोडिएको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा चिनियाँ राजदूत उपस्थित हुने तय भएको थियो । तर, विस्फोटको समयमा उनी त्यहाँ नरहेको बताइएको छ ।

हमलाको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ । यद्यपि, उसले किन र कुन उद्देश्यले विस्फोट गराएको भन्ने खुलाएको छैन ।

बलोचिस्तान हतियारधारी मुस्लिम अतिवादी र पृथकतावादीको पकड क्षेत्र मानिन्छ । पृथकतावादीहरुले पाकिस्तानबाट यस क्षेत्रको स्वतन्त्रताको माग गरिरहेका छन् ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.