Advertisement

मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

0 455

Advertisement

०९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी२० सिरिज अन्तर्गत आज हुने अन्तिम खेलमा नेपालले मलेसिया विरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मलेसिया टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । यसअघि भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो ।

बुधबार नेदरल्याण्ड्स र मलेसियाले बराबरी खेलेपछि नेपाल फाइनलमा पुगेको थियो । आजको नेपालसँगको खेल जिते पनि मलेसिया फाइनल पुग्ने छैन ।

अंक तालिकामा नेदरल्याड्स ५ अंकसहित पहिलो स्थानमा छ । नेपालको चार अंक छ । आजको खेल जिते नेपाल ६ अंकसहित पहिलो स्थानमा हुनेछ । हारे पनि मलेसियाको तीन अंकमात्र हुनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.