Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आज सुनको मूल्यमा २००रुपैयाँले बृद्धी

0 105

०९ बैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उतारचढाव कायम रहेको छ । बुधबार उच्च रुपमा बढेको सुनको मूल्यमा बिहीबार पनि निरन्तरता पाएको छ । आज सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेर प्रतितोला ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच हुँदैछ । बुधबार पनि चाँदी तोलामा १० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३१० रुपैयाँ तोेकिएको थियो ।

यो पनि पढ्नुहोस्:


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.