Advertisement

सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको मुद्दाका फरार प्रतिवादी पक्राउ

0 990

Advertisement

०९ वैशाख, बर्दिया । सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको मुद्दाका फरार प्रतिवादी बढैयाताल गाउँपालिका-३ सिमरा बस्ने कोपीराज सापकोटालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष अदालत बबरमहल काठमाडौंको २०७४ माघ २ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरीले उनकै ठेगानाबाट पक्राउ गरेको हो ।

सापकोटालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत गुलरिया बर्दियाम बुझाइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय बर्दिया चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यो पनि पढ्नुहोस्:

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.