बन्दुकधारीले आक्रमण गर्दा बुर्किनाफासोमा ४ सैनिकको ज्यान गयो
०९ बैशाख, एजेन्सी । उत्तर–मध्य बुर्किना फासोमा बुधवार बन्दुकधारीहरूको आक्रमणमा परी कम्तीमा चार सैनिकको ज्यान गएको छ।
यस आक्रमणमा अन्य दुई घाइते भएका सुरक्षा स्रोतहरूले जानकारी दिएका छन्।
सन् २०१५ देखि नै बुर्किना फासोमा आतङ्ककारी हमलाका कारण सुरक्षास्थित बिग्रिएको छ।
सो समयबाट हालसम्म यस्ता हमलाहरूमा परी एक हजार भन्दा बढीको ज्यान गएको छ र हजारौं विस्थापित भएका छन् ।