Advertisement

सुमनलाई उपाधि

0 688

Advertisement

०९ बैशाख, काठमाडौं । सुमन तामाङले नवौं राष्ट्रिय कायाक स्लालम च्याम्पियनसिपको उपाधि जितेका छन् । धादिङको त्रिशुली नदीमा बुधबार भएको फाइनलमा अन्य ४३ प्रतिस्पर्धीलाई पछि पार्दै सुमनले उपाधि जितेका छन् । यही प्रतिस्पर्धामा राजीप त्रिपाठी दोस्रो र सुरेन्द्र माझीले तेस्रो स्थान हात पारे ।

यसैगरी पाँचौं राफ्टिङ च्याम्पियनसिपअन्तर्गत राफ्टिङको स्प्रिन्ट विधामा नेपाल कायाक क्लबले पहिलो स्थान हात पा¥यो । नेपाल राफ्टिङ एन्ड कायाक क्लब फिस्लिङ दोस्रो र त्रिभुवन आर्मी क्लब ‘बी’ले तेस्रो स्थान हात पा¥यो । राफ्टिङकै हेड टु हेड स्पर्धामा नेपाल कायाक क्लब र नेपाल राफ्टिङ एन्ड कायाक क्लब फिस्लिङ फाइनलमा पुगेका छन् ।

च्याम्पियनसिपको पहिलो, दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीले आकर्षक नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेपाल राफ्टिङ एन्ड क्यानोइङ संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक सूर्यप्रसाद जोशीले जानकारी दिए ।

मंगलबारबाट सुरु भएको च्याम्पियनसिपमा कायाकमा ५० जनाले प्रतिस्पर्धा गरेका थिए । यस्तै राफ्टिङको तीन विधामा १० टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.