प्रधानमन्त्री ओली र माधव नेपालबीच भेट वार्ता
०९ बैशाख, काठमाडाै । लामो समयपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरूबिच आज साँझ राजधानीको नागपोखरीस्थित होटेल मेरियटमा भेटवार्ता भएको हो । अध्यक्ष ओली र नेता नेपालबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा गम्भीर विचार विमर्श सुरु भएको हो ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटनपश्चात् उनीहरूबिच संवाद हुन सकेको थिएन ।
करिब दुई घन्टा उनीहरुले मन माझामाझ गरे । कुराकानी के-कस्तो भयो भन्ने बाहिर आइसकेको छैन ।
सर्वोच्चको फैसलापछि ब्युँतिएको नेकपा एमालेमा दुई पक्षबीच पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ ।
अध्यक्ष ओलीले नेपालसहितका नेताहरूलाई पार्टीबाट निलम्बन गरेका छन् भने नेपाल पक्षले समानान्तर कमिटी बनाइरहेको छ।
यसअघि आजै नेपाल पक्ष नेताहरूले ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट पेस गरेका थिए ।